• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

एमाले महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया सुरु

प्रकाशित मिति

२०८२ मंसिर १२ गते, शुक्रबार १०:०४

मंसिर १२, २०८२ काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया देशभर सुरु भएको छ। मङ्सिर १३ गतेभित्र सबै जिल्लामा प्रतिनिधि चयन गरिसक्नुपर्ने भएकाले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्तासम्मको प्रक्रिया तीव्र रूपमा अघि बढाइएको हो।

कतिपय जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भइसकेका छन्। पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार प्रतिनिधि चयन निर्वाचन अघि प्रत्येक क्षेत्रको अन्तिम मतदाता सूची (नवीकृत सदस्यता सूची) अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने निर्देशनअनुसार काम भइरहेको छ।

Kamana Sewa

केन्द्रीय संगठन विभागले नवीकृत सदस्य संख्या तत्काल केन्द्रमा पठाउन निर्देशन दिएको छ। साथै, मङ्सिर १२ गतेसम्म सर्वसम्मतिका प्रयास जारी राख्ने र सहमति नजुटेमा मङ्सिर १३ गते मतदानमार्फत प्रतिनिधि छनोट गर्ने व्यवस्था गरिएको छ। चयन भएका प्रतिनिधिको नाम मङ्सिर १५ गतेभित्र विभागमा बुझाइसक्नुपर्नेछ।

Classic Tech Desktop

आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा आयोजक, निर्वाचन क्षेत्रीय कमिटी (खुला), जनसंगठन, युवा, दलित, महिला तथा प्रवास क्षेत्रबाट गरी करिब २,२०० प्रतिनिधि सहभागी हुनेछन्।

प्रतिकृया