• २३ भदौ २०८३, मंगलबार
  • १०ः३४ बिहान

एनपीएलमा आज दुई रोचक खेल : चितवन–काठमाडौँ र कर्णाली–विराटनगर बिच प्रतिस्पर्धा 

प्रकाशित मिति

२०८२ मंसिर १२ गते, शुक्रबार ०९:१७

मंसिर १२, २०८२ काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन्। पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज बिहान ११:४५ बजे भिड्दै छन्।

National Life

जारी लिगमा चितवन राइनोजले ३ खेलमा २ जित र एक हारसँगै ४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। काठमाडौँ गोर्खाजले ४ खेलमा २ जित र २ हार छ र समान ४ अंकसहित चौथो स्थानमा रहेको छ।

कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनालजस्ता राष्ट्रिय खेलाडी छन्। विदेशी तर्फ रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी खेल्दैछन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै करण केसीको नेतृत्वमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदिल आलमजस्ता राष्ट्रिय खेलाडी रहेका छन्। विदेशी खेलाडीमा मार्वे गेरार्ड इरासमस, जोन एन्ड्र्यु सिम्पसन र मिलिन्द कुमार सहभागी छन्।

दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स दिउँसो ४ बजे आमनेसामने हुँदैछन्। कर्णाली याक्सले ३ खेलमा एक जित र २ हार बेहोर्दै २ अंकसहित पाँचौँ स्थानमा छ। विराटनगर किंग्सले भने ४ खेलमा ३ जित र एक हारसहित ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीमा गुलशन झा, नन्दन यादव, पवन सराफजस्ता राष्ट्रिय खेलाडी छन्। विदेशी खेलाडीमा जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान समावेश छन्।

विराटनगर किंग्स भने सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ। टिममा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन्। विदेशी स्टारमध्ये जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस–रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस र साम्युएल डाली–हीजलेट रहेका छन्।

प्रतिकृया