• २४ भदौ २०८३, बुधबार
  • १ः०० दिउँसो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरी सारियो

प्रकाशित मिति

२०८२ मंसिर १२ गते, शुक्रबार ०९:१०

मंसिर १२, २०८२ काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि सारिएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो बस्ने भनिएको बैठक स्थगित गरी अब आइतबार दिउँसो २ बजे पार्टीको ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका छन्।

National Life

यसअघि बिहीबार बस्ने भनिएको बैठक समय परिवर्तन गर्दै शुक्रबार तोकिएको थियो। तर पुनः स्थगित भएसँगै बैठक आइतबारका लागि सारिएको हो। गत शनिबार बसेको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको छ। तर महाधिवेशन सम्बन्धी विवाद भने यथावत् जारी छ।

संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले चुनावपछि महाधिवेशन गर्नुपर्ने धारणा राखिरहेका छन् भने संस्थापनइतर पक्षले महाधिवेशन सम्पन्न गरेर मात्र चुनावमा जानुपर्ने माग दोहोर्‍याउँदै आएका छन्। असोज २८ देखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अझै निष्कर्षमा पुग्न सकेको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया