• २५ भदौ २०८३, बिहीबार
  • ७ः५५ बेलुका

पूर्वसभामुख महरा धरौटी बुझाएर रिहा

प्रकाशित मिति

२०८२ मंसिर ११ गते, बिहीबार ०५:१३

मंसिर ११, २०८२ काठमाडौं – सुन तस्करीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन्। उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी तोकेपछि उनलाई रिहाइ प्रक्रियाका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठका अनुसार महराले धरौटी बुझाएपछि रिहा भएका हुन्।

National Life

उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बिहीबार महरालाई २० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। अदालतले ‘मुल जाहेरीमा महराको नाम उल्लेख नभएको’ र ‘पहिलो पुरक अभियोगमा समेत उनीबारे कुनै विवरण नआएको’ कारण देखाउँदै तत्कालिन अवस्थामा थुनामा राखिरहनुपर्ने आधार नदेखिएको उल्लेख गरेको थियो। साथै, अन्य अभियुक्तले पनि महराको संलग्नता पोल गरेको दृष्टान्त नदेखिएको अदालतले स्पष्ट पारेको थियो।

मुल अभियोग, पहिलो पुरक अभियोग र उपलब्ध प्रमाणहरूको विश्लेषणपछि उच्च अदालतले काठमाडौं जिल्ला अदालतको २९ असोजको आदेश उल्टाउँदै महरालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

महरालाई गत असोज २६ गते सीआईबीले पक्राउ गरेको थियो। १० पुस २०७९ मा फ्लाई दुबईको विमान (फ्लाइट नम्बर FZ 0587) मार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा उनको संलग्नता रहेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।

प्रतिकृया