• २५ भदौ २०८३, बिहीबार
  • ८ः५८ राती

मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश,केन्द्रीय सदस्य बन्ने

प्रकाशित मिति

२०८२ मंसिर ११ गते, बिहीबार ०३:५०

मंसिर ११, २०८२ काठमाडौं – एसिड आक्रमणबाट बचेकी तथा सामाजिक अभियन्ता मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन्। राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत खातुनसहित विभिन्न दलका नेताहरू पार्टी प्रवेश गरेका हुन्।

National Life

कार्यक्रममा जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवसहितका नेताहरूले पनि पार्टी प्रवेश गरेका छन्। उनीहरूलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतृत्वले स्वागत गरेका थिए।

पार्टी प्रवेशसँगै मुस्कानलाई केन्द्रीय समिति सदस्य बनाउने निर्णय भएको पार्टीले जनाएको छ। सह–संयोजक माधव कुमार नेपालले उनलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरिएको जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

वीरगञ्ज निवासी मुस्कान २०७६ साल भदौमा एसिड आक्रमणमा परेपछि उपचारपछि निको भई सामाजिक क्षेत्रमा सक्रिय रहेकी छन्। उनको साहसिक भूमिकाका कारण अमेरिकाले उनलाई इंटरनेशनल वुमन अफ करेज (IWOC) सम्मान प्रदान गरेको थियो।

यसैगरी, राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत अशोक राई नेतृत्वको जसपाबाट नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिम, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बाट शरद रसाइली नेतृत्वको टिम, बीपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपाल र गोपाल परियारसहित नेकपाको टिम पनि नयाँ पार्टीमा प्रवेश गरेका छन्।

प्रतिकृया