• ३ असोज २०८३, शनिबार
  • ९ः५९ बिहान

संसदीय समितिको बैठकमा किन बोलाइयो मन्त्री कुलमान घिसिङ ?

प्रकाशित मिति

२०८२ मंसिर ८ गते, सोमबार ११:२२

मंसिर ८, २०८२ काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङलाई संसदको एक महत्वपूर्ण समितिले छलफलका लागि बोलाएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज बिहान साढे ११ बजे बस्ने बैठकमा मन्त्री घिसिङलाई उपस्थित हुन अनुरोध गरेको हो।

National Life

समितिका अनुसार आजको बैठकमा मन्त्री घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, खर्च कटौती सम्बन्धी सरकारी निर्णयको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगति, सुनकोसी–मरिन डाइभर्सन आयोजना, तथा सम्बन्धित मन्त्रालयका अन्य समसामयिक विषयहरूमा विस्तृत छलफल गरिनेछ।

समितिले आजको एजेन्डालाई ‘घिसिङसँग छलफल तथा विविध’ शीर्षकमा राखेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया