• ३ असोज २०८३, शनिबार
  • ९ः४९ बिहान

कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकारमा विशेष छुट

प्रकाशित मिति

२०८२ मंसिर ८ गते, सोमबार ११:१५

 मंसिर ८, २०८२ काठमाडौं – कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेड बिच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई बन्दिपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

National Life

यस सम्झौता बमोजिम बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबाट प्रदान गरि आएको सेवाहरुमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३ प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ । बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठ बिच मंसिर ७ गते मा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया