• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरूको नाफा झिनो बृद्धि, कुनको कति ?

प्रकाशित मिति

२०८२ कार्तिक ३० गते, आईतवार १०:५२

कात्तिक ३०, २०८२ काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरूको खुद नाफा २.५१ प्रतिशतले वृद्धि भएको छ। बीमा कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले यो अवधिमा १ अर्ब ९७ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन्। गत वर्षको सोही अवधिमा यो रकम १ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ थियो।

National Life

समीक्षा अवधिमा नाफाका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रह्यो। कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ नाफा कमाउँदै गत वर्षको तुलनामा २९.६५% वृद्धि हासिल गरेको छ। साथै, दोस्रो नम्बरमा रहेको सन नेपाल लाइफको मुनाफा ४४.०२ प्रतिशतले बृद्धि भई १६ करोड ६१ लाख रुपैयाँबाट २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । मुनाफाको आधारमा तेस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ४.९४ प्रतिशतले बढेर २१ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, चालु आवको असोज मसान्तसम्ममा आइएमई लाइफले १५ करोड ८३ लाख रुपैयाँ, एशियन लाइफले १५ करोड २५ लाख रुपैया, सानिमा रिलायन्सले १४ करोड ९६ लाख रुपैयाँ, नेशनल लाइफले १४ करोड ८ लाख रुपैयाँ, सिटिजन लाइफले १३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

समीक्षा अवधिमा सूर्यज्योति लाइफले १२ करोड ८० लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले १२ करोड ७७ लाख रुपैयाँ, एलआइसी नेपालले १० करोड ८३ लाख रुपैयाँ, मेट लाइफले नौ करोड ७१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६ करोड ३७ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको १२ लाख १२ हजार रुपैयाँ खुद नाफा रहेको छ ।गत आर्थिक वर्षको तुलनामा सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा बढी अंकले बृद्धि भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले मुनाफा ४४.०२ प्रतिशतले बृद्धि गर्न सफल भएको हो ।

त्यस्तै, दोस्रो नम्बरमा एलआइसी नेपाल रहेको छ । कम्पनीको खुद नाफा ३७.४७ प्रतिशतले बृद्धि भएको छ भने तेस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफको मुनाफा २९.६५ प्रतिशतले बृद्धि भएको छ ।

प्रतिकृया