• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

प्रकाशित मिति

२०८२ कार्तिक २८ गते, शुक्रबार ०७:४०

काठमाडौँ – क्रिकेट असोसिएसन अफ नेपाल द्वारा आयोजित नेपाल प्रिमियर लिग २ को ट्रफी सानिमा रिलायन्स लाईफमा इन्स्योरेन्सको प्रधान कार्यालय, नक्सालमा लगिएको छ। सानिमा रिलायन्स सह प्रायोजक रहेको उक्त कार्यक्रम यही मङ्सिर १ गतेबाट किर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदै छ। कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले नेपालमा क्रिकेटको महत्व तथा खेलको लोकप्रियता दिन प्रति दिन बढ्दै गएको र नेपालमा क्रिकेटका उत्कृष्ट खेलाडीहरू रहेको र ती खेलाडीहरूलाई अन्तरराष्ट्रिय स्तरमा पहिचान गराउन र निजहरूको मनोवललाई उच्च राख्न र देशको छवि अन्तरास्ट्रिय जगतमा स्थापित गर्ने प्रयोजनको लागि आयोजना गरेको एक उत्कृष्ट प्ल्याटफर्मको रुपमा रहेको बताए।

National Life

साथै दोस्रो संस्करणमा पनि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स सह प्रायोजकको रूपमा रहन पाउँदा हाम्रो कम्पनीले गर्व गर्ने वातावरण बनेको र अपार सफलताको लागि कम्पनी र व्यक्तिगत तर्फबाट शुभकामना व्यक्त गरे।

ट्रफीको शीर्ष स्थानमा साथ राखिएको सगरमाथाको कालापत्थरबाट निमा शेर्पा र मिङ्मा डेविड शेर्पा द्वारा सावधानीपूर्वक र जिम्मेवारीका साथ ल्याइएको यो पत्थरले ट्रफीलाई हिमालको मुटुसँग जोडने कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको साथ तथा सहयोगले सम्भव भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ, पूँजी ५ अर्बभन्दा बढी रहेको छ, २० अर्बभन्दा बढीको लगानी भइसकेको छ र करिब २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्। २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

प्रतिकृया