सुदन गुरुङद्वारा गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग
प्रकाशित मिति
२०८२ कार्तिक २० गते, बिहीबार ०२:१३
कात्तिक २०, २०८२ काठमाडौं— ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गरेका छन्। गुरुङले हत्यारा र भ्रष्ट्राचारीहरूलाई कारबाही नगरी जेन–जेड आन्दोलनमा सहभागी युवामाथि कारबाही गरेको आरोप लगाउँदै गृहमन्त्री अर्यालको पदत्यागको माग गरेका हुन्।
‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ शीर्षकमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै गुरुङले लेखेका छन्, “सहिदको रगत सम्झनुहोस्, नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।”
गुरुङले दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई पक्राउ गर्न नसकेको उल्लेख गर्दै गृहमन्त्रालयको निष्क्रियताप्रति असन्तोष व्यक्त गरेका छन्।
उनले थप लेखेका छन्, “देशको हितका लागि लड्दा मैले भ्रामक समाचार र चरित्र हत्या सहँदै मौन बसेँ। स्पष्टीकरण दिन उचित ठानिनँ, किनभने कामले बोल्छ भन्ने विश्वास थियो। तर अब तपाईँबाट आशा मरिसकेको छ।”
त्यसैगरी गुरुङले गत भदौ २३ र २४ गतेको आन्दोलन आगामी २०८४ सालको निर्वाचन २०८२ मा सार्नका लागि नभएको स्पष्ट पारेका छन्।
उनले यस्तो लेखेका छन्:
हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश ![]()
तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन।
देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।
सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।
काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।
ओमप्रकाश अर्याल ज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई।
अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचार द्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ।
हामी लड्यौं योग्य, इमानदार, र परिणाम देखाउने नेतृत्वका लागि।
हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं।
अब भीत्र मनमै सोच्नु होला—“चुनाब गराएर निक्लिन्छु, THE YOUTHS OF NEPAL ARE NOT STUPID, WE ARE WAITING.
त्यसैले चेतना होस् ।
चुनाबको नाटक नचलोस्।
८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो ।
नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।
अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।
DO YOUR DAMN JOB THAT YOU HAVE BEEN SENT FOR.
जनता जागिसके।
युवा जागिसके।






प्रतिकृया