• ३ असोज २०८३, शनिबार
  • ७ः३१ बेलुका

एन्फा मुख्यालयमा खेलाडीहरूको प्रदर्शन, गेटमै मेडल झुन्ड्याए

प्रकाशित मिति

२०८२ कार्तिक २० गते, बिहीबार ०१:५८

कात्तिक २०, २०८२ काठमाडौं— ए डिभिजन लिग स्थगित गर्ने निर्णयविरुद्ध खेलाडीहरूले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन्। नेपाल फुटबल खेलाडी संघ (NFPA) को आयोजनामा खेलाडीहरूले बिहीबार एन्फा मुख्यालय पुगेर गेटमै आफ्नो जितका मेडल झुन्ड्याएका छन्।

National Life

खेलाडी संघका अध्यक्ष विक्रम लामाले अब एन्फाले आफैं आएर ती मेडल लिनुपर्ने बताएका छन्।
उनले भने, “अब यो मेडल एन्फाले आफैं आएर लाओस्, हामीले यहीँ छाडेर जान्छौं।”

संघका अनुसार खेलाडीहरू आफ्नो खेल्न पाउने आधारभूत अधिकारको संरक्षणका लागि सडकमा आउन बाध्य भएका हुन्।
खेलाडीहरूले पटक–पटक लिग स्थगित नगर्न आग्रह गरे पनि एन्फाले बेवास्ता गरेको कारण उनीहरू प्रदर्शनमा उत्रिएको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

एन्फाले यस वर्ष पुस महिनामा राष्ट्रिय लिग गर्ने र अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेको छ। यही निर्णयविरुद्ध खेलाडीहरूले असन्तुष्टि जनाएका हुन्।

प्रतिकृया