• ४ असोज २०८३, आइतबार
  • ३ः२० दिउँसो

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ

प्रकाशित मिति

२०८२ कार्तिक २० गते, बिहीबार ०१:२८

कात्तिक २०, २०८२  सुर्खेत — १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

National Life

पक्राउ पर्ने व्यक्ति जुम्ला तिला गाउँपालिका–९ निवासी ४० वर्षीय हंस बहादुर बोहोरा रहेका छन्। उनलाई वीरेन्द्रनगर नगरपालिका–६ बस्दै आएका अवस्थामा बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार बोहोरामाथि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो। उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया