• २० असोज २०८३, मंगलबार
  • १०ः३० बिहान

राष्ट्रपति पौडेल कतार भ्रमणमा प्रस्थान, प्रधानमन्त्रीले गरिन् बिदाइ

प्रकाशित मिति

२०८२ कार्तिक १७ गते, सोमबार १०:३५

कात्तिक  १७, २०८२ काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान कतारको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। उनी बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा, कतारतर्फ गएका हुन्। राष्ट्रपति पौडेललाई त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले बिदाइ गरेका थिए।

National Life

राष्ट्रपति पौडेल ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ नामक कार्यक्रममा सहभागी हुन कतार गएका हुन्। उनको भ्रमण यही कात्तिक २० गतेसम्म रहनेछ। गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गरेको थियो।

प्रतिकृया