• २० असोज २०८३, मंगलबार
  • १०ः३० बिहान

तारा चिन्हमा नयाँ पार्टी, बामदेव गौतम सबैभन्दा खुसी

प्रकाशित मिति

२०८२ कार्तिक १७ गते, सोमबार १०:४७

कात्तिक  १७, २०८२ काठमाडौं— नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलबीच एकता गरेर बन्ने नयाँ पार्टीको चुनाव चिन्ह “तारा” राख्ने निर्णय भएपछि नेता बामदेव गौतमले आफू अत्यन्त खुसी भएको बताएका छन्।

National Life

हिजो बसेको आठ घटकका नेताहरूको बैठकमा पार्टी एकताको निर्णयसँगै ‘तारा’ चिन्ह चयन गरिएको थियो। बैठकमा बोल्दै गौतमले भने, “यो चिह्न मैले चुनेको हुँ। घुम्दै फिर्दै तारा र मेरो फेरि भेट भयो, म धेरै खुसी छु।”

एमालेबाट अलग भएर गौतमको नेतृत्वमा सन् २०५४ मा गठन गरिएको माले पार्टीको चुनाव चिन्ह पनि तारा नै थियो। २०५६ सालको निर्वाचनमा मालेका उम्मेदवारहरूले यही चिन्ह प्रयोग गरेका थिए। पछिल्लो चरणमा माले एमालेमै मिसिएपछि उक्त चिन्ह जोगाएर राख्ने जिम्मा सीपी मैनाली समूहसँग थियो। अब सोही ‘तारा’ चिन्हलाई नयाँ एकीकृत कम्युनिष्ट पार्टीले पुनः प्रयोग गर्ने भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

संयोगवश, गौतम हालै मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। उनले नेताहरूसँग भनेका छन्, “मैले चुनेको र एक समय छोडेको चिह्न फेरि मेरो हातमा आएको छ।”

नयाँ पार्टीको नाम भने अझै टुंगो लाग्न बाँकी रहेको नेताहरूले जनाएका छन्। पार्टीको नाम नेकपा (समाजवादी), नेपाली कम्युनिष्ट पार्टी, वा नेपाली कम्युनिष्ट पार्टी (समाजवादी) मध्ये कुनै एक हुने विषयमा छलफल भइरहेको छ।

प्रतिकृया