• २० असोज २०८३, मंगलबार
  • १०ः३३ बिहान

राहदानी विभागद्वारा दैनिक एक हजार राहदानी वितरण

प्रकाशित मिति

२०८२ कार्तिक १७ गते, सोमबार ०९:२७

कात्तिक  १७, २०८२ काठमाडौं— राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने जनाएको छ। विभागका अनुसार आइतबार साँझदेखि सार्वजनिक विदाबाहेक दैनिक रूपमा राहदानी उपलब्ध गराइनेछ।

National Life

विभागले नयाँ आपूर्तिकर्तासँग खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि नयाँ प्रणालीमार्फत सेवा सुरु हुने जनाएको छ।

सङ्क्रमणकालीन अवस्था र राहदानी पुस्तिकाको सीमित उपलब्धताका कारण हाल केही समस्या आएको विभागले जनाएको छ। अत्यावश्यक सेवाग्राहीले मात्र आवेदन दिन र अनधिकृत व्यक्तिबाट ठगीबाट सावधान रहन विभागले आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया