पश्चिमी वायूको प्रभाव : कोशी, बागमती र गण्डकीमा हल्का वर्षा
प्रकाशित मिति
२०८२ कार्तिक १७ गते, सोमबार ०९:२१
कात्तिक १७, २०८२ काठमाडौं— नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ।
विभागले दिएको जानकारी अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा मौसम मुख्यतः सफा रहने विभागले जनाएको छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको पनि विभागको पूर्वानुमान छ।

त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा भने हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ।





प्रतिकृया