• २० असोज २०८३, मंगलबार
  • ११ः०६ बिहान

संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने सरकारको निर्णय

प्रकाशित मिति

२०८२ कार्तिक १२ गते, बुधबार ०४:१३

कात्तिक १२, २०८२ काठमाडौं—  सरकारले संघीय संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए।

National Life

उनका अनुसार, निर्णयमार्फत ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३’ को अनुसूची–२ मा हेरफेर गरिनेछ। मन्त्री खरेलका भनाइमा, “स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको छ।”

त्यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय पनि गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया