खगेन्द्र सुनार मन्त्री बन्नुअघि विवादमा, महिला टिप्पणी र पक्राउ पुर्जी सार्वजनिक
प्रकाशित मिति
२०८२ कार्तिक ९ गते, आईतवार ०१:२८
कात्तिक ९, २०८२ काठमाडौं— प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिन लागेको खगेन्द्र सुनार विवादमा तानिएका छन्। सामाजिक सञ्जाल र मिडियामा उनीमाथि महिलामाथि गैरजिम्मेवारपूर्ण व्यक्तिगत टिप्पणी, स्वास्थ्यकर्मीमाथि हातपात, बहुविवाह, विद्युतीय कारोबार र अदालत अवहेलनासम्बन्धी जाहेरी आएको विषय भाइरल भएको छ।
सुनारमाथि सुर्खेत जिल्ला अदालतबाट २०८१ असार २१ गते ७ दिने पक्राउ पुर्जी पनि जारी गरिएको थियो। गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाको जाहेरीको आधारमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दामा उनी प्रतिवादी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखलाई उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन निर्देशन दिइएको थियो।
सार्वजनिक मन्त्री सूचीमा उनको नाम आउनासाथ सामाजिक सञ्जालमा विरोध र आलोचना बढेको छ। यसका साथै सुनारले एक अधिवक्ताको विषयमा गरेका अभद्र टिप्पणीहरू पनि भाइरल भएका छन्।








प्रतिकृया