• २० असोज २०८३, मंगलबार
  • ११ः५९ बिहान

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

प्रकाशित मिति

२०८२ कार्तिक ९ गते, आईतवार ०१:१३

‘कात्तिक ९, २०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले यो रकम अल्पकालीन निक्षेप संकलन उपकरणमार्फत ४२ दिनका लागि संकलन गर्ने योजना बनाएको छ।

National Life

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोडले निःशेष भाग जाने संख्यामा आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया अनलाइन बिडिङमार्फत आज दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

राष्ट्र बैंकले यो निक्षेपको साँवा तथा ब्याज भुक्तानी मंसिर २१ गते गर्ने जनाएको छ। यस संकलनमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया