• २ असोज २०८३, शुक्रबार
  • ११ः३५ बिहान

सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडियाे, बबई आयोजनाका ६ ठेक्का तोड्ने तयारी

प्रकाशित मिति

२०८२ कार्तिक ९ गते, आईतवार ०९:१३

कात्तिक ९, २०८२ महोत्तरी — वर्षौंसम्म ठेक्का सम्झौता गरेर पनि काम नगरी आयोजना अलपत्र पार्ने १२ वटा सिँचाइसम्बन्धी रुग्ण ठेक्का तोडिएको छ। साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं. २, जलेश्वर (महोत्तरी) अन्तर्गतका ती ठेक्का रद्द गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले जनाएको छ।

National Life

साथै, बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्ने तयारीसमेत भइरहेको छ। सो आयोजनाका ठेक्का तोड्नका लागि ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई रुग्ण ठेक्का तोड्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

जनकपुरधामस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले आइतबार सार्वजनिक सूचनामार्फत ठेक्का अन्त्य गर्ने आशयको सूचना १६ जेठ २०८१ र १ साउन २०८१ मा नै प्रकाशित गरिएको भए पनि, निर्माण व्यवसायीहरूले सम्झौता बमोजिम काम सम्पन्न नगरेर आयोजना अलपत्र पारेको जनाएको छ।

कार्यालयका अनुसार, पटक–पटक अनुरोध र सूचना जारी गरिँदा पनि ठेकेदारहरूले काममा ध्यान नदिएकाले सम्झौतामा उल्लेखित प्रावधानअनुसार कार्यसम्पादन जमानत जफत गर्ने कारबाही सुरु गरिएको छ। साथै, सार्वजनिक खरिद ऐनअनुसार बाँकी कामको मूल्याङ्कन र नापजाँच १५ दिनभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ।

रद्द गरिएका ठेक्काहरू आर्थिक वर्ष २०६८/६९, २०६९/७०, २०७३/०७४ र २०७४/०७५ मा सम्झौता भएका थिए।

प्रतिकृया