• २० असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

सरकारसँग डर छैन : पूर्वमन्त्री दीपक खड्का

प्रकाशित मिति

२०८२ कार्तिक ३ गते, सोमबार ११:२१

कात्तिक ३, २०८२ काठमाडौं– नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले आफू सरकारसँग डराउने व्यक्ति नभएको स्पष्ट पारेका छन्।गृहमन्त्री ओमप्रकाश अर्यालले “खड्का विदेश भागे” भनेर अभिव्यक्ति दिएको भोलिपल्ट मंगलबार खड्काले आफ्नै जलेको निवास परिसरमा पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

National Life

“सरकारले मलाई वारेन्ट काटेको छ र? बाहिर जान रोक लगाएको छ र? म भागे भन्न मिल्छ?” पूर्वमन्त्री खड्काले प्रश्न गरे, “झिनामसिना कुराले मलाई छुँदैन, म डराउँदिनँ।”

उनले जेनजी आन्दोलनको दिन २४ भदौमा आफू घरमै रहेको र त्यही बेलामा भएको आगजनीका कारण खाना समेत खान नपाएको अनुभव सुनाए। “मेरो घरमा आगजनी हुँदा ढोका ढ्याङ-ढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ,” उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

खड्काका अनुसार त्यसबेला नेपाली सेनाले उनलाई सुरक्षा दिएका थिए, र उनी छिमेकीको घरमा बसेपछि राति सेनाको ब्यारेकमा सुरक्षित राखिएको थियो। त्यसपछि उनी केही दिन तराईतिर बसेर भारततर्फ उपचारका लागि गएका थिए। “बिरामी भएपछि उपचारका लागि भारतमा गएँ, डेँगु भएछ,” उनले स्पष्ट पारे।

उनले भारतमा केही मन्त्रीहरूसँग भेटघाट पनि भएको जानकारी दिए। श्रीमती, बच्चा र आफू बिरामी भएको बताउँदै खड्काले सबै गतिविधि स्वस्थ्योपचार र सुरक्षा सन्दर्भमा भएको दाबी गरे।

यसबाहेक खड्काले अहिलेको सरकारप्रति कुनै टिप्पणी नगर्ने बताए। “सरकारले निर्वाचन घोषणा गरिसकेको छ, यो सरकारको विषयमा टिकाटिप्पणी छैन,” उनले भने, “देशको जिम्मा राजनीतिक दल र नागरिकहरूले लिनुपर्छ।”

प्रतिकृया