• ४ साउन २०८३, सोमबार
  • ८:१६ बेलुका

फोनपेले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

प्रकाशित मिति

२०८२ कार्तिक ३ गते, सोमबार ०९:४६

कात्तिक ३, २०८२ काठमाडौं– फोनपे पेमेण्ट सर्भिस लिमिटेडले आगामी कात्तिक २४ गते साँझ ५ बजे नक्सालमा छैटौं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले सर्वसाधारणलाई शेयर (आईपीओ) निष्कासन गर्ने, साथै कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले चालु आवको लागि लेखापरीक्षक नियुक्ति, गत आवको वित्तीय विवरण पारित, चुक्ता पूँजीको १९% नगद लाभांश वितरण, र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्तावहरू पनि निर्णय गर्नेछ।

Kamana Sewa

फोनपेले पहिलो पटक आईपीओ निष्कासनको तयारी गर्दै गरेको हो। प्रस्ताव पारित भएपश्चात कम्पनीले नियामकीय प्रक्रिया अघि बढाउनेछ।

Classic Tech Desktop

प्रतिकृया