• २० असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

तिहार बिदामा पनि बैंक सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह

प्रकाशित मिति

२०८२ कार्तिक १ गते, शनिबार ०१:५५

कात्तिक १,२०८२ काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भाइटीकाको दिन बाहेक अन्य सार्वजनिक बिदाका दिनहरूमा पनि भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ। व्यापार सहजीकरण र आपूर्ति प्रणालीलाई नियमित राख्नका लागि केन्द्रीय बैंकले क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो।

National Life

राष्ट्र बैंकको भनाइमा, भन्सारमा जाँचपास रोकिँदा आपूर्ति प्रणालीमा अवरोध आउन सक्छ, त्यसैले विशेष गरी चाडपर्वको समयमा बैंकिङ सेवा निरन्तर राख्न जरुरी देखिएको छ। त्यसैगरी, राष्ट्र बैंकले शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट (RTGS)’ प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जानकारीसमेत दिएको छ।

RTGS प्रणाली सञ्चालनमा रहँदा ठूला रकमका बैंकिङ कारोबारहरू सहज रूपमा गर्न सकिने भएकाले यसले आर्थिक कारोबारमा सहुलियत पुग्ने राष्ट्र बैंकको अपेक्षा छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया