• २० असोज २०८३, मंगलबार
  • १ः२४ दिउँसो

मधेश प्रदेशका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८२ आश्विन ३० गते, बिहीबार १२:१७

असोज ३०,२०८२ काठमाडौं– उपभोक्ता समितिको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

National Life

महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित सांसद सिंहले उपभोक्ता समितिको साढे ३८ लाख रुपैयाँ आफ्नो स्वकीय सचिव बिनोद कुमार लाल कायस्थमार्फत झिकाएर आफ्नै श्रीमतीको खातामा राखेको अभियोग छ। अख्तियारका अनुसार सिंहले सो कार्य गरेबापत सचिव कायस्थलाई घुससमेत दिने गरेका थिए।

यसअघि स्वकीय सचिव कायस्थलाई अख्तियारले पक्राउ गरेपछि सिंह मधेश प्रदेश छाडेर काठमाडौं आएका थिए। त्यसपश्चात अख्तियारले उनलाई पनि काठमाडौंबाट नै पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

अख्तियारले सांसद सिंहसहित १६ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको छ र उनीहरूले उपभोक्ता समितिको रकम व्यक्तिगत स्वार्थमा दुरुपयोग गरेको ठहर गरेको छ।

प्रतिकृया