• २० असोज २०८३, मंगलबार
  • १ः२४ दिउँसो

जितेन्द्र प्रसाद सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री, आज शपथ लिँदै

प्रकाशित मिति

२०८२ आश्विन ३० गते, बिहीबार १२:०८

असोज ३०,२०८२ काठमाडौं– मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र प्रसाद सोनल आज प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छन्।

National Life

बुधबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बहुमतको आधारमा सोनललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। यसअघि बिहान उनले प्रदेश प्रमुखसमक्ष ५६ सांसदको समर्थनसहित सरकार गठनको दाबी पेश गरेका थिए। बहुमतका लागि आवश्यक ५४ सिटभन्दा दुई बढी समर्थन उनले प्राप्त गरेका थिए।

सोनलको पक्षमा जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा (एकीकृत समाजवादी)का ७ जना सांसदले समर्थन जनाएका छन्। बारा–४ (ख) बाट निर्वाचित सोनल यसअघि प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहिसकेका छन्। मधेश प्रदेशमा आठ वर्षको अवधिमा उनी चौथो मुख्यमन्त्री बनेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

नयाँ गठबन्धन अनुसार, जसपाले चार, जनमतले तीन, माओवादी केन्द्रले दुई तथा लोसपा र नेकपा (एस) ले एक–एक मन्त्रालय पाउने प्रारम्भिक सहमति भएको स्रोतले जनाएको छ। यसअघि मुख्यमन्त्री रहेका जनमत पार्टीका शतिस कुमार सिंहले समर्थन गुमेपछि पदबाट राजीनामा दिएका थिए।

प्रतिकृया