• २० असोज २०८३, मंगलबार
  • १ः२४ दिउँसो

३४ दिनपछि सानेपामा देखिए देउवा, महाधिवेशनबारे चुप

प्रकाशित मिति

२०८२ आश्विन २८ गते, मंगलवार ०३:०९

असोज २८,२०८२ काठमाडौं– जेनजी आन्दोलनको दोस्रो दिन कुटपिटमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि सानेपास्थित पार्टी कार्यालयमा देखिएका छन्। उनी पत्नी आरजु राणासँगै केन्द्रीय समिति बैठकमा सहभागी भए।

National Life

पार्टीमा नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग चुलिँदै जाँदा पनि देउवाले महाधिवेशनको विषय बैठकमा उठाएनन्। तर उनले भने, “घरमा सधैं एकै जना मूली रहँदैन,” भन्दै नेतृत्व हस्तान्तरण गर्ने संकेत दिए।

देउवाले १५औं महाधिवेशनमा आफू सभापतिमा उम्मेदवार नबन्ने जनाउँदै कार्यवाहक सभापतिको जिम्मा उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया