• ३ साउन २०८३, आइतबार
  • ९:२२ बिहान

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुन र उनका छोरामाथि प्रहरीको अनुसन्धान

प्रकाशित मिति

२०८२ आश्विन २७ गते, सोमबार ०९:४५

असोज २७ , २०८२ काठमाडौं– विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर गरिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोरामाथि प्रहरीको अनुसन्धान सुरु गरिएको छ।

यसअघि सोही प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परिसकेका छन्। पूर्वउपराष्ट्रपति पुनका जेठा छोरा जितेन्द्रले दुई वर्षअघि ताक्लाकोट पुगेर चिनियाँ गिरोहसँग सुनको ‘तमसुक’ गरेको र कान्छा छोरा दीपेश पुन ९ किलो र ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा फरार रहेको प्रहरीले जनाएको छ। दीपेश सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा समेत मुछिएका छन्।

Kamana Sewa

पुनको सचिवालयमा कार्यरत वैदेशिक मामिला विज्ञ जीवनकुमार गुरुङ र आफन्त अमला रोका पनि यसै प्रकरणमा मुछिएका थिए। पुनमाथि चिनियाँ गिरोहसँगको सम्भावित संलग्नता तथा आफन्त र सचिवालयका सदस्यहरूमार्फत तस्करीमा संलग्नता रहेको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया