• २० असोज २०८३, मंगलबार
  • २ः१९ दिउँसो

जेनजी आन्दोलनमा क्षतिको बीमा दावी २३ अर्ब नाघ्यो, एक अर्बभन्दा बढी भुक्तानी

प्रकाशित मिति

२०८२ आश्विन २३ गते, बिहीबार ११:३५

असोज २३, २०८२ काठमाडौं–  यही भदौ २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा भौतिक सम्पत्तिमा पुगेको क्षतिको बीमा दावी रकम २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दावीहरूको संख्या र मूल्य दुवैमा वृद्धि भइरहे पनि सर्भेयरले क्षति मूल्याङ्कन गरेसँगै दावी रकम केही घट्न थालेको छ।

National Life

बीमा कम्पनीहरूका अनुसार सुरुमा बीमितहरूले अनुमानका आधारमा उच्च दावी गरेका थिए भने हाल सर्भेयरहरूको फिल्ड निरीक्षणपछि वास्तविक क्षति मूल्याङ्कन सुरु भएसँगै बीमा दावीको रकममा समायोजन भइरहेका छन्।

१४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा हालसम्म ३,०९९ वटा बीमा दावीहरू दर्ता भएका छन्। तीमध्ये २,७०६ वटा घटनाका लागि सर्भेयर खटाइएको छ भने ३७४ वटा घटनाको सर्भे प्रतिवेदन प्राधिकरणमा पेस भइसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बीमा प्राधिकरणका अनुसार बुधबार (असोज २२) सम्ममा एक अर्ब २९ करोड १९ लाख रुपैयाँ अग्रिम भुक्तानीसमेत गरिसकिएको छ। यसअघि दावी रकम २३ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा अहिले केही दावी घटेर आएको र नयाँ दावी थपिँदै गएको प्राधिकरणले जनाएको छ। बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई दावी भुक्तानी प्रक्रिया छरितो बनाउन निर्देशन दिइसकेको छ।

प्रतिकृया