• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

चौकीडाँडा क्षेत्रको अवलोकनमा मन्त्री कुलमान घिसिङ

प्रकाशित मिति

२०८२ आश्विन २३ गते, बिहीबार ११:२४

असोज २३, २०८२ काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षतिग्रस्त सडक क्षेत्रको अनुगमन गरेका छन्। घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीसँग मिलेर चौकीडाँडालगायत प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरेका हुन्।

गत वर्षको बाढीले क्षति पुर्‍याएको विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड पुनः यो वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्णरूपमा बगाएको छ। तत्काल आवागमन सहज बनाउने उद्देश्यले अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ। मन्त्री घिसिङले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशलाई जोड्ने लाइफलाइन मानिएको यो सडक खण्डलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। उनले सडक विभाग र निर्माण व्यवसायीहरूलाई प्रभावकारी रूपमा काम गर्न आग्रह गरेका छन्।

Kamana Sewa

उक्त सडकको केही खण्डमा स्थायी पुनर्निर्माणको लागि ठेक्का लगाइसकिएको र केही खण्डमा ठेक्का सम्झौताको अन्तिम प्रक्रियामा रहेको जानकारी पनि उनले दिएका छन्।

Classic Tech Desktop

प्रतिकृया