• ४ साउन २०८३, सोमबार
  • ७:५८ बेलुका

माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता

प्रकाशित मिति

२०८२ आश्विन २३ गते, बिहीबार ११:०८

असोज २३, २०८२ काठमाडौं–  माइतीघर र नयाँ बानेश्वर आसपासका क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जेन–जी समूह र नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबीचको विवाद चुलिएपछि सुरक्षा निकायहरूले ती क्षेत्रहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरेका छन्।

जेन–जी समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएपछि स्थिति तनावग्रस्त बन्दै गएको हो। जवाफी कदमस्वरूप अनेरास्ववियुले काठमाडौं महानगर प्रमुख बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दिएको थियो। जेन–जी समूहको जाहेरी प्रहरीमार्फत उच्चस्तरीय जाँचबुझ आयोगमा पठाइएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा पठाउने तयारी भइरहेको छ।

Kamana Sewa

एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिने, माइतीघरमा टाँगिएका ब्यानर हटाएर प्रतिस्थापन गर्ने प्रयासलगायत गतिविधिका कारण सुरक्षा चुनौती थपिएको छ। स्थिति नियन्त्रणमा राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बाक्लो रूपमा माइतीघर–बानेश्वर क्षेत्रमा तैनाथ गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया