• २ असोज २०८३, शुक्रबार
  • २ः३५ दिउँसो

बजेट अभावमा मधेस प्रदेशको ‘छोरी शिक्षा बीमा कार्यक्रम’ स्थगित

प्रकाशित मिति

२०८२ आश्विन १७ गते, शुक्रबार ०६:२२

असोज १७, २०८२ जनकपुरधाम– मधेस प्रदेश सरकारले सात वर्षअघि सुरु गरेको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानअन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम चालु आर्थिक वर्षमा बजेट अभावका कारण स्थगित गरिएको छ। शिक्षा विकास निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को बजेटमा कार्यक्रमका लागि कोही रकम विनियोजन नगरिएको हुँदा योजना अघि बढ्न नसकेको हो।

National Life

निर्देशनालयकी छोरी शिक्षा बीमा कार्यक्रम संयोजक प्रियंका यादवले बजेट नहुँदा कार्यक्रम रोकिएको जानकारी दिइन्। हालसम्म कार्यक्रमअन्तर्गत १४,४५३ जना छोरीको बीमा गरिएकामा, २०७५/७६ मा ५,६६६ जना २०७८/७९ मा १,७०२ जना २०७९/८० मा ३,३०२ जना २०८०/८१ मा ३,७८३ जना छोरीको बीमा गरिएको निर्देशनालयले जनाएको छ।

तर, अहिलेसम्म १० हजारभन्दा बढी छोरीको बीमा प्रिमियम तिर्न बाँकी रहेको छ। एक जना छोरीको बीमा गर्दा रु ३७,४५७ प्रिमियम लाग्ने व्यवस्था छ। शिक्षा र बालिका सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम बजेट अभावकै कारण अलपत्र परेको छ, जसले दीर्घकालीन प्रभाव पार्न सक्ने विज्ञहरूको धारणा छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया