आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष) विधिवत् आरम्भ
प्रकाशित मिति
२०८२ भाद्र २३ गते, सोमबार ०९:३४
भदौ २३,२०८२ काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्गअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गरिन्छ ।
समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपरान्हसम्म गरिसक्नुपर्नेछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्डदान गरिने भएकाले यसलाई “सोह्र श्राद्ध” भनिएको हो । यो समयलाई अपर पक्ष वा प्रेत पक्ष पनि भनिन्छ ।

वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार चाडपर्व, यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा–भक्तिसहित सम्झने परम्परा रहेको छ । त्यसैअनुरूप यस अवधिमा श्राद्ध गरेर पितृलाई कृतज्ञता व्यक्त गर्ने चलन छ ।





प्रतिकृया