• ४ असोज २०८३, आइतबार
  • २ः४७ राती

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेका रिट सर्वोच्चले दर्ता नगर्ने

प्रकाशित मिति

२०८२ भाद्र २२ गते, आईतवार ०९:४५

भदौ २२,२०८२ काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध परेका सबै रिट सर्वोच्च अदालतले दर्ता नगर्ने निर्णय गरेको छ ।सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्कीले दर्ता अस्वीकार गर्ने निर्णय गरेका हुन् । सामाजिक सञ्जाल बन्दको विरोधमा १० वटा रिट सर्वोच्चमा परेका थिए ।

National Life

गत शुक्रबारदेखि सरकारले फेसबुकलगायत नेपालमा सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले सात दिनभित्र सूचीकरण नगरेका प्लेटफर्म बन्द गर्ने निर्णय गरेको थियो ।

कानुन व्यवसायी र अधिकारकर्मीहरूले सरकारको कदम बदर गर्न माग गर्दै रिट दिएका थिए । तर सर्वोच्च प्रशासनले ती रिट दर्ता नहुने ठहर गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया