यस्तो छ आजको मौसम पूर्वानुमान
प्रकाशित मिति
२०८२ भाद्र २२ गते, आईतवार ०९:३२
भदौ २२,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान र पश्चिमतिर सरदरभन्दा दक्षिणमा रहेको जानकारी दिएको छ । साथै नेपालको पूर्वी भूभागमा सिक्किम आसपासको निम्न चापीय क्षेत्रको प्रभाव परेको पनि महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा अन्य केही भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । साथै पहाडी भूभागका केही स्थानमा र अन्य थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ ।

आज राति कोशी र मधेस प्रदेशसँगै पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थान र अन्य थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, कोशी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




प्रतिकृया