• २ असोज २०८३, शुक्रबार
  • ६ः०३ बेलुका

नेपालसहित एसियाका देशबाट देखिने खग्रास चन्द्रग्रहण आज राति

प्रकाशित मिति

२०८२ भाद्र २२ गते, आईतवार ०९:३६

भदौ २२,२०८२ काठमाडौं – आज राति नेपालसहित एसियाका विभिन्न देशबाट खग्रास चन्द्रग्रहण देखिने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १०:११ बजे स्पर्श भई १:४१ बजे मोक्ष हुनेछ ।

National Life

समितिका अनुसार चन्द्रग्रहणको संमीलन राति ११:१५ बजे, मध्य ११:५६ बजे र उन्मीलन १२:३८ बजे हुनेछ । खग्रास चन्द्रग्रहणको अवधि करिब १ घण्टा २३ मिनेट रहनेछ भने सम्पूर्ण ग्रहणको अवधि ३ घण्टा ३० मिनेट रहनेछ ।

यो चन्द्रग्रहण नेपाल, भारतसहित एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म प्रत्यक्ष अवलोकन गर्न सकिनेछ । वैज्ञानिकहरूले चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले हेर्दा स्वास्थ्यमा कुनै असर नपर्ने बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

ज्योतिषविद्हरूका अनुसार आगामी फागुन १९ गते फागु पूर्णिमाको दिन खण्डग्रास चन्द्रग्रहण लाग्नेछ । सामान्यतया सूर्यग्रहण औंसीको दिन र चन्द्रग्रहण पूर्णिमाको दिन लाग्ने गर्छ ।

प्रतिकृया