• ३ असोज २०८३, शनिबार
  • १०ः२० बिहान

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिह्न प्रदान

प्रकाशित मिति

२०८२ भाद्र १९ गते, बिहीबार १२:२२

भदौ १९,२०८२ काठमाडौं – नवनियुक्त नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बिहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

National Life

सरकारले भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो। नेपाल प्रहरीले ३० वर्षे सेवा अवधिको व्यवस्था कायम राखेकाले खापुङले अब अढाई महिनापछि अवकाश पाउनेछन्।

यसअघि प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया