• ३ असोज २०८३, शनिबार
  • ११ः१४ बिहान

नेपाल राष्ट्र बैंकले चाँदी आयातको सीमा बढायो

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार ०९:३७

भदौ २,२०८२ काठमाडौं—नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानी सीमा बढाएर पाँच लाख अमेरिकी डलर बराबर पुर्‍याएको छ। यसअघि सुनचाँदी उद्योगले आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक तीन लाख डलर बराबरको सुविधा पाउँदै आएकोमा अब पाँच लाख डलरसम्मको वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रामा सटही सुविधा उपलब्ध हुने भएको हो।

National Life

राष्ट्र बैंकका अनुसार, अन्य सुनचाँदी व्यवसायीका लागि भने प्रतिपटक अधिकतम एक लाख अमेरिकी डलर बराबरको सुविधा मात्र उपलब्ध हुने व्यवस्था कायम गरिएको छ। विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी, प्रतितपत्र वा खरिद आदेश बराबरको कागजात पेश गर्नुपर्ने स्पष्ट पारेका छन्।

यस्तै, वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा उपलब्ध गराउँदा अघिल्लो सटहीमार्फत आयात भएको चाँदी तोकिएअनुसार निर्यात भएको छ वा छैन भन्ने यकिन गर्नुपर्ने प्रावधान पनि थपिएको छ। साथै, वाणिज्य बैंक बाहेक अन्य बैंकमार्फत सटही सुविधा लिएर निर्यात भुक्तानी बक्यौता नरहेको भन्ने स्वःघोषणा व्यवसायीबाट लिनुपर्ने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया