• ३ असोज २०८३, शनिबार
  • ९ः०२ राती

विपिन जोशीको खोजीका लागि आमा–बहिनीले इजरायली राष्ट्रपति र संसद अध्यक्षसँग भेट

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार ०९:४३

भदौ २,२०८२ काठमाडौं—हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि इजरायल पुगेकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आज राष्ट्रपति आइज्याक हर्जगसँग भेट गरेका छन्। तेल अविवस्थित नेपाली दूतावासका अनुसार, नेपाली राजदूत धनप्रसाद पण्डितसहित उनीहरू जेरुसेलमस्थित राष्ट्रपति निवासमा पुगेका थिए।

National Life

भेटमा विपिनकी आमा र बहिनीले उनलाई निर्दोष विद्यार्थी भएको बताउँदै तत्काल रिहाइका लागि मानवीय पहल गरिदिन आग्रह गरेका थिए। राष्ट्रपति हर्जगले विपिनलाई “इजरायलको आफ्नै नागरिकझैँ” मानिएको भन्दै रिहाइका लागि निरन्तर प्रयास भइरहेको स्पष्ट पारे। साथै, नेपाल सरकारले पनि सम्बन्धित अरब मुलुकहरूसँग सक्रिय पहल गरे थप सकारात्मक परिणाम आउन सक्ने धारणा राखे।

यसै क्रममा विपिनकी आमा र बहिनीले इजरायली संसद (केनेसट)का अध्यक्ष आमिर ओहानासँग पनि भेट गरी विपिनको रिहाइका लागि आग्रह गरेका थिए। अध्यक्ष ओहानाले समेत विपिनसहित अन्य सबै बन्धकहरूको खोजी जारी रहेको उल्लेख गर्दै नेपाल–इजरायलबीचको मित्रवत सम्बन्ध यस मुद्दामा अझ सुदृढ बनेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली दूतावासले जारी गरेको विज्ञप्तीमा विपिनको रिहाइका लागि इजरायली सरकार निरन्तर सक्रिय रहेको र नेपाल सरकारको तर्फबाट समेत उच्च तहमा पहल भइरहेको उल्लेख गरिएको छ।

प्रतिकृया