• ३ असोज २०८३, शनिबार
  • १ः१४ दिउँसो

खेलकुदमा लगानी बढाउनुपर्छ-पूर्व मन्त्री बस्नेत

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार १०:३८

भदौ २,२०८२ काठमाडौं— नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले राज्यले खेलकुदको विकासमा थप लगानी बढाउनुपर्ने बताएका छन्। मध्यपुरथिमिमा सम्पन्न नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले खेलकुदले मुलुकको समग्र विकासमा योगदान दिने र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उच्च बनाउन सक्ने धारणा राखे।

National Life

बस्नेतले तीनै तहका सरकारले खेलकुदलाई प्राथमिकतामा राखी अघि बढाउनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक खेलकुद संघलाई ७७ वटै जिल्लामा विस्तार गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जित्ने खेलाडी उत्पादनमा लाग्नुपर्ने औंल्याए।

कार्यक्रममा काँग्रेस भक्तपुर जिल्ला सभापति एवं सांसद दुर्लभ थापाले भक्तपुरमा खेलकुदको विकास तीव्र गतिमा भइरहेको उल्लेख गर्दै संघलाई अझ सक्रिय बन्न आग्रह गरे। त्यस्तै, काँग्रेस खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले खेल र खेलाडीलाई सामान्य दृष्टिकोणले नहेरी स्पष्ट नीति र राष्ट्रिय सोचसहित अघि बढ्नुपर्ने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

संघका अध्यक्ष अष्ट कवेँले खेलकुद धनी–गरिब वा जात–जातिबीच भेदभाव नगरी सबैलाई एउटै मञ्चमा ल्याउने क्षेत्र भएको उल्लेख गर्दै भारत–चीन जस्ता शक्ति राष्ट्रबीच रहेको नेपालले खेलमै विश्वलाई चुनौती दिन सक्ने सम्भावना रहेको बताए।

यस अवसरमा मध्यपुरथिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंहलगायतले खेलकुद विकासका लागि तीन तहका सरकारको समन्वय अपरिहार्य रहेकोमा जोड दिए। कार्यक्रममा हालै अजरबैजानमा सम्पन्न अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट्स प्रतियोगितामा गोल्ड मेडल जित्ने खेलाडी तथा रेफ्रीलाई नगदसहित सम्मान गरिएको थियो।

प्रतिकृया