• ६ असोज २०८३, मंगलबार
  • ७ः४८ बिहान

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार ०९:१७

भदौ २,२०८२ काठमाडौं—नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको हकप्रद शेयर भर्ने अन्तिम मिति आज (भदौ २) रहेको छ। कम्पनीले साउन ६ गतेदेखि हकप्रद निष्कासन प्रक्रिया सुरु गरेको थियो।

National Life

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर १०:३४.७८३ अनुपातमा निष्कासन गरिरहेको छ।

यसअघि कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ। सो आधारमा जेठ २९ गतेसम्म नेप्सेमा शेयर खरिद गरेका शेयरधनी मात्र हकप्रदमा आवेदन दिन योग्य भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

इच्छुक शेयरधनीले बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयसँगै पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरस्थित शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय वा ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिन्छ।

बीमा प्राधिकरणको चुक्ता पूँजीसम्बन्धी नियम पुरा गर्न कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ रहेको छ भने हकप्रद बाँडफाँडपछि चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

प्रतिकृया