• २ असोज २०८३, शुक्रबार
  • ४ः३३ बेलुका

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै ,लालवीरलाई दिएन आयोगले मान्यता

प्रकाशित मिति

२०८२ श्रावण २८ गते, बुधबार ११:०१

श्रावण २८,२०८२ काठमाडौं —नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी नै कायम रहने निर्वाचन आयोगले निर्णय गरेको छ। पार्टीको एक समूहले राष्ट्रिय भेला गरेर लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरे पनि आयोगले उक्त भेला वैधानिक नभएको ठहर गर्दै रञ्जितालाई नै अध्यक्ष मान्यता दिएको हो।

National Life

अध्यक्षको दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले लालवीर र रञ्जितालाई पत्र काटेर जवाफ मागेपछि दुवैको पक्ष सुनेर, ऐन, कानुन र विधानको आधारमा रञ्जिताको अध्यक्षता कायम गरेको स्रोतले जनाएको छ।

यसअघि पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि नाउपाले रञ्जितालाई स्पष्टिकरण मागेको थियो। आरोपमा उनले जवाफ नदिएपछि एक भेलाले उनलाई अध्यक्ष पदबाट हटाएर साधारण सदस्यता समेत खारेज गरेको थियो। तर आयोगको निर्णयले उक्त कदम मान्य भएन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया