जनकपुरमा रेल र कार ठोक्किए
प्रकाशित मिति
२०८२ श्रावण २५ गते, आईतवार ११:५२
महेन्द्रनगर– जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश ०१-०२५ च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो ।
दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरूलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठूलो क्षति पुगेको छ ।
दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छभने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।
Recent News
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया