• ३१ भदौ २०८३, बुधबार
  • ११ः२८ राती

कक्षा १२ को नतिजा यही साता सार्वजनिक हुँदै, तयारी अन्तिम चरणमा

प्रकाशित मिति

२०८२ श्रावण १८ गते, आईतवार ११:३८

श्रावण १८, २०८२ काठमाडौं  कक्षा १२ को परीक्षाफल यसै साता सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले वर्ष २०८१ को कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ।

National Life

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अबको तीन–चार दिनभित्रै नतिजा सार्वजनिक हुने छ। “कक्षा १२ को परीक्षाफल तीन–चार दिनभित्रै सार्वजनिक गर्ने तयारीमा छौँ,” अध्यक्ष शर्माले भने, “जतिसक्दो चाँडो नतिजा ल्याउने प्रयास भइरहेको छ।”

परीक्षा वैशाख २१ देखि जेठ २ गतेसम्म सञ्चालन गरिएको थियो। यस परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार ९ सय ८ जना नियमित र १ लाख १५ हजार ६ सय १७ जना आंशिकतर्फका विद्यार्थी रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यस वर्ष बोर्डले वैशाख ११ गतेदेखि परीक्षा सुरु गर्ने तयारी गरेको थियो। तर, शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिनपछि सारिएको थियो। कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ र यसका नतिजाले विद्यार्थीको उच्च शिक्षाको मार्ग तय गर्ने भएकाले अभिभावक र विद्यार्थी दुबै उत्सुक रहेका छन्।

प्रतिकृया