• २ असोज २०८३, शुक्रबार
  • १२ः३५ दिउँसो

शिवम् सिमेन्टको नो कम्प्रोमाइज अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

प्रकाशित मिति

२०८२ असार ३० गते, सोमबार १०:५८

असार ३०,२०८२ काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान हासिल गरिसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड अभियान “प्रतिबद्धताको मामलामा लय स्थिरता” अन्तर्गत दोस्रो चरणको सामाजिक सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । यसपटक सार्वजनिक गरिएको भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा प्रस्तुत गर्दै, “सर्तकताको मामलामा पनि लय स्थिरता” आवश्यक हुन्छ भन्ने सन्देश दिन खोजिएको छ । भिडियोले विश्वास पात्रबाट हुनसक्ने धोका, छलकपट जस्ता सामाजिक यथार्थप्रति दर्शकलाई सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता अनिवार्य हुने कुरामा जोड दिएको छ ।

National Life

यसअघि अभियानको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनकथा समेटिएको थियो। सो भिडियोले “कर्तव्यको मामलामा लय स्थिरता” भन्ने बलियो सामाजिक सन्देश दिँदै समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रति चेतना फैलाउने उद्देश्य राखेको थियो । उक्त भिडियो दर्शकहरूले अत्यधिक रुचाएका थिए । शिवम् सिमेन्टको यो अभियान केबल प्रचारको रूपमा मात्र नभई समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको कम्पनीले जनाएको छ । “लय स्थिरता भन्न जति सजिलो छ, व्यवहारमा पुरा गर्न त्यति नै गाह्रो छ, तर जसले पूरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ” भन्ने भावपूर्ण सन्देशमार्फत शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत बनाएको छ ।

शिवम् सिमेन्टले स्थापना कालदेखि नै केवल पोर्टल्याण्ड प्रिमियम सिमेन्ट (ओ.पी.सी.) उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले सधैं गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आएको र जस्तोसुकै परिस्थितिमा पनि आफ्ना वाचा पालना गर्दै गुणस्तरीय उत्पादन वितरण गरिरहेको उल्लेख गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया