• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

सुनचाँदीको भाउ आकाशिँदै, चाँदीको मूल्यले तोड्यो रेकर्ड

प्रकाशित मिति

२०८२ असार ३० गते, सोमबार १०:४३

असार ३०,२०८२ काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीले ऐतिहासिक रेकर्ड तोडेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो। आइतबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ३ सय रुपैयाँमा पुगेको छ।

यसैबीच, चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आइतबार प्रतितोला २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Kamana Sewa

महासंघका अनुसार सोमबारको दरअनुसार प्रति १० ग्राम सुनको मूल्य १ लाख ६५ हजार ७२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ८५ रुपैयाँ पुगेको छ।

Classic Tech Desktop

प्रतिकृया