प्रचण्ड आज प्रतिनिधिसभामा सम्बोधन गर्दै
प्रकाशित मिति
२०८२ असार ३० गते, सोमबार ०९:३४
असार ३०,२०८२ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्।
प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ। यही बैठकमा प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यसलाई मध्यनजर गर्दै माओवादी केन्द्रले आफ्ना सबै सांसदहरूलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरूलाई पठाएको सन्देशमा भनिएको छ, “असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष प्रचण्डज्यूले प्रतिनिधिसभामा बोल्दै हुनुहुन्छ। सो कार्यक्रममा सबै सांसदहरूको उपस्थिति आवश्यक छ।”
हाल माओवादी केन्द्रका प्रतिनिधिसभामा ३२ जना सांसद छन्। प्रचण्डको सम्बोधनमा समसामयिक राजनीतिक विषय, सरकारको कार्यशैलीप्रति आलोचना तथा प्रतिपक्षको धारणा प्रस्तुत हुने अपेक्षा गरिएको छ।






प्रतिकृया