• २ असोज २०८३, शुक्रबार
  • ४ः०१ बेलुका

हवल्दारसम्मका प्रहरीलाई १६ वर्षमै पेन्सन

प्रकाशित मिति

२०८२ असार २९ गते, आईतवार ०६:२१

असार  २९,२०८२ काठमाडौं । गृहमन्त्री रमेश लेखकले हवल्दारसम्मका प्रहरी कर्मचारीलाई १६ वर्ष सेवा अवधिपछि पेन्सन पाउने व्यवस्था नयाँ प्रहरी विधेयकमा समावेश गरिएको बताएका छन्। आइतबार प्रहरी प्रधान कार्यालयमा अनलाइन ट्राफिक सचेतना कक्षाको उद्घाटन गर्दै उनले यो जानकारी दिएका हुन्।

National Life

गृहमन्त्री लेखकले प्रहरीको कार्यदक्षता र मनोबल बढाउन तुलनात्मक रूपमा राम्रो बजेट व्यवस्था गरिएको उल्लेख गरे। उनले नेपाल प्रहरी जनताबीच लोकप्रिय संस्था बन्दै गएको र प्रविधिकरणमा तीव्र प्रगति भइरहेको जानकारी पनि दिए।

देशभर अस्थायी प्रहरी चौकी स्थायीकरण र स्तरोन्नतीको माग बढेको उल्लेख गर्दै उनले नागरिकको प्रहरीप्रति विश्वास बढेको बताए। साथै, नागरिकसँग नम्र व्यवहार गरी सेवा दिन निर्देशन पनि दिए। अनलाइन ट्राफिक सचेतना कक्षा सुरु भएसँगै अब ट्राफिक कार्यालय पुग्नुपर्ने झण्झट हट्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया