• ३१ भदौ २०८३, बुधबार
  • १०ः४१ राती

प्रधानमन्त्री ओलीको दाबी : एक वर्षमा आर्थिक सूचकांक सकारात्मक, विकासले लियो गति

प्रकाशित मिति

२०८२ असार ३० गते, सोमबार ०९:४६

असार ३०,२०८२ काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षको अवधिमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएको बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको दाबी गरेका हुन्।

National Life

प्रधानमन्त्री ओलीका अनुसार सरकार अहिले ‘टाइमलाइन तोकेर काम गर्ने’ र ‘नतिजा खोज्ने’ अभ्यासमा अघि बढिरहेको छ। विगतमा यस्तो अभ्यास नगरेपनि हाल त्यसको सुरुवात भएको उनले उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यसबीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ। टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओलीले नागरिक सेवामा सुधार ल्याउनेतर्फ सरकार केन्द्रित रहेको पनि जनाएका छन्। उनका अनुसार, सेवा प्रवाहमा सरलता ल्याउन आवश्यक कानुनहरू संशोधन गरिएका छन्, जसका कारण ‘लाइन होइन अनलाइन’बाट सेवा लिने संस्कृति विकास हुँदै गएको छ। उनले अन्त्यमा भनेका छन्, “गर्नु पर्ने कामहरू अझै धेरै छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ।”

प्रतिकृया