• ३१ भदौ २०८३, बुधबार
  • ९ः५७ राती

त्रिवि उपकुलपति डा. अर्यालले कुलपति ओलीसमक्ष सपथग्रहण

प्रकाशित मिति

२०८२ असार २५ गते, बुधबार ०६:०२

असार  २५, २०८२ काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयका नव नियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा उहाँले सपथ लिनुभयो।

National Life

उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका तीन जना मध्येबाट प्रधानमन्त्री ओलीले आज डा. अर्याललाई नियुक्त गरेका थिए। सपथग्रहण कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया