• ५ साउन २०८३, मंगलबार
  • ४:२५ बेलुका

एमालेले समिति सभापति खतिवडाको राजीनामा माग्यो

प्रकाशित मिति

२०८२ असार १८ गते, बुधबार ०२:१७

असार १८, २०८२ काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ। निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरप्रति आपत्ति जनाउँदै एमाले सांसद पदम गिरीले सभापति खतिवडाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताएका हुन्।

गिरीले समितिका सचिव सुरजकुमार दुराको पनि राजीनामा माग गरेका छन्। उनले हस्ताक्षर गरिएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरिएको भन्दै यसलाई “लज्जास्पद” र “घिनलाग्दो” कार्य भनेका छन्।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया